इक्यान र सनवे कलेजको ५० नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घको ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभाग को संयोजनमा सिएसआर डिपार्टमेन्ट अन्तर्गत सफ्टएड ग्रुप सनवे कलेजसँग पचास (५०) जना नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान सम्झौता गरेको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घका अनुसार यही २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको हो ।

नेपाल शैक्षिक परामर्श सङ्घ विगत २७ वर्ष देखि निरन्तर रूपमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको नैसर्गिक हक स्थापित गर्दै आपm्नो सङ्घमा आबद्ध शैक्षिक परामर्श केन्द्र मार्फत परामर्श, सहजीकरण र हर सम्भव सहयोग गर्दै आइरहेको छ ।

यसरी परामर्श, सहजीकरण, समन्वय र सहयोग गर्दै गर्दा विगत देखि नै नेपाल लगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दूतावास मार्फत मिहिनेती, जेहन्दार र दुर दराजका अति विपन्न विद्यार्थीहरूलाई उत्कृष्ट कलेज, विश्वविद्यालयहरूमा छात्रवृत्तिको पहल कदमि गरी भर्ना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =