आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८० असोज १६ गते

प्रतीकात्मक तस्वीर
काठमाडौँ । तेह्रथुम, म्यागलुङ्ग नगरपालिका–१ स्थित जिल्ला अस्पताल तेह्रथुम अक्सिजन प्लान्टमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका–१ दोबाटोमा गुड्दै गरेको बा.४ ख ८४८८ नम्बरको बसको एक्कासि ईन्जिनको भागमा गएराति आगलागी हुँदा बसभित्रको फाईबरको भाग, सिट जलेर क्षति भएको छ ।
आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








