राइटपाथको ‘ग्राण्ड एडमिसन डे’मा विद्यार्थीलाई अफर, विभिन्न देशबाट कलेजका प्रतिनिधि नेपाल आउने

राइटपाथ करियर काउन्सिलिङले आफ्नो ‘ग्राण्ड एडमिसन डे’ मा विद्यार्थीका लागि विभिन्न अवसर प्रदान गर्ने भएको छ।
आगामी बुधबार हुने विशेष भर्ना दिवशका अवसरमा विद्यार्थीले विभिन्न देशका विश्व विद्यालय तथा कलेजका प्रतिनिधिसँग पराशर्म लिन पाउने भएका छन्।
राइटपाथको ग्राण्ड एडमिसन डे मा विभिन्न देशबाट २० बढी विश्व विद्यालय तथा कलेजहरुका प्रतिनिधिहरु सहभागी हुनेछन्। राइटपाथले विभिन्न देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
बेलायत, अमेरिका , क्यानडा र अष्ट्रेलियाबाट युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि सहभागी हुनेछन्। सोही अवसरमा विद्यार्थीहरुलाई परामर्शसँगै अन्य अवसरहरु पनि प्रदान गरिने छ। विदेश जाने प्रक्रिया पूर्ण रुपमा निशुल्क प्रदान गरिने छ।
आयल्समा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। सहभागीहरुमध्येबाट लक्की ड्र मार्फत विजेतालाई स्मार्ट फोन प्रदान गर्ने राइटपाथले जनाएको छ। यस्तै सहभागी सबैलाई गिफ्ट ह्याम्पर दिने भएको छ।
छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कन्सल्टेन्सीले अहिले बानेश्वर, ललितपुर, चितवन, हेटौंडा, दाङ, बुटवल, झापा र धनकुटामा सेवा विस्तार गरिसकेको छ ।
उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा , ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थिले शैक्षिक परामर्श लिन सक्छन् ।
कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शेक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको जनाएकाे छ।








