एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

प्रथम अधिवेशनबाट सल्यानका गुलाबजंग शाह निर्वाचित भएका हुन् । उनले ३६९ मत ल्याउँदै विजय हासिल गरे । अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही र प्रकाश रोकायलाई हराउँदै उनी निर्वाचित भए। शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे।

उपाध्यक्षमा टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने लाल बहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवारले ५९ मत पाए।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन् ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए । त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन् ।

मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो । मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो । २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *