अभिनेता अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा राख्न अनुमति

काठमाडौँ । अभिनेता अनमोल केसीलाई आइतबारसम्म मात्रै हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलाशले तीन दिनको म्याद दिएको हो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो ।

यसको मतलब अब भोलि फेरि केसीलाई अदालतमा पेश गर्नुपर्ने हुन्छ ।

केसीले एड्भान्स लिएर फिल्ममा काम नगरेको भन्दै ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा केसीलाई शुक्रबार साँझ दोलखाबाट फर्कने क्रममा प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि केसी हिरासतमा नबसेर अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *