समर्पण लामा बने ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता

काठमाडौँ । नेपालका समर्पण लामा ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता बनेका छन् । टप ५ मा रहेका उनी पछिल्लो हप्तामा जजले उनलाई दिएको अंक र जनताको भोटका आधारमा सर्वाधिक अंक प्राप्त गरि विजेता भएका हुन् ।

शनिवार राती प्रसारण गरिएको ग्राण्ड फिनालेमा उनले ‘इन्डियाज बेस्ट डान्सरट्रफी सहित १५ लाख भारु नगद पुरस्कार प्राप्त गरेका थिए । उनको नृत्य निर्देशक भावना खन्डुजाले पनि ५ लाख भारु नगदसहितका पुरस्कार प्राप्त गरिन् ।

चितवनको रत्ननगर नगरपालिका–१३ भीमबहादुर चोक निवासी समर्पण सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका बनेका छन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अनिकित चौहान, अञ्जली मामगाई रहेकी थिइन् ।

ग्राण्ड फिनालेमा नै भएको अन्तिम ब्याटलमा अञ्जली मामगाईले बोनस १० अंक जितेर पछिल्लो अंक र जनताको भोटको आधारमा उनी दोस्रो स्थानमा पर्न सफल भइन् । त्यसै गरी सिवांशु सोनी तेस्रो, अंकित चौहान चौथो र विपुल काँडपाल पाँचौँ स्थान परे ।

फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार–टाइगर श्राफ र कृति सेनन उपस्थित भएका थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज थिए ।

 

प्रतिक्रिया

One thought on “समर्पण लामा बने ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता

  1. Well done Samparn boy you made us proud as being Tamang …… wish you very best of luck for your future…

Leave a Reply

Your email address will not be published. Required fields are marked *