आइएसएमटी कलेजद्वारा ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कार्यक्रम सञ्चालन

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त काठमाडौं तिनकुने गैह्रीगाऊँ स्थित आइएसएमटी कलेज २०११ सालमा स्थापित भएर नेपालमै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको यस कलेजले आईटी कोर्ष (विएससी)BSc (Hons) Cyber Security and Digital Forensic (साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विश्व नै प्रविधि मैत्री भईरहेको अवस्था र नेपालमा IT को भविष्यको प्रवल सम्भावनाहरु वढ्दै गईरहेको सन्दर्भमा यस आइएसएमटी कलेजले विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय, प्राईभेट, बैँक तथा वित्तिय संस्था लगायत विभिन्न सेक्टरमा अत्याधिक सम्भावना रहेको यस BSc (Hons) Cyber Security and Digital Forensic कोर्ष अध्यापन गराउन शुरु गरेको हो ।
यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीहरुले इथिकल ह्याकिङ्ग, साइबर हमला हुँदा गर्नुपर्ने काम, डिजीटल फरेन्सीक्स अनुसन्धान, कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, र्आिर्टफिसियल इन्टेलिजेन्स, ब्लक चेन तथा साईबर सेक्यूरिटी विशेषज्ञको रुपमा सक्षम भएर निस्कन्छन र छिटो तथा सजिलै रोजगारी पाउने सम्भावना रहेको छ ।
यसका साथै यस आइएसएमटी कलेजले युनिभर्सिटी अफ सन्डरल्यान्डको सम्बन्धनमा र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमतिमा BBA, BHM, BSc (Hons) Computer Systems Engineering कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।
आइएसएमटी ग्रूप अन्तर्गत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा सोही युनिभर्सिटी अफ सन्डरल्यान्ड सम्बन्धनमा कलेजहरु सञ्चालनमा रहेका छन् ।








