शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ ।

झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित भारत पश्चिम बंगाल राज्य उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-६ महानन्द चोक डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-१० झागुटे टोल बस्ने ४० वर्षीया कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिका-१० बस्ने ३८ वर्षीय किरण मगर र ३५ वर्षीय निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने २२ वर्षीय दीपक चौधरी र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका-१० स्थित सागर ठगुन्नाको काठको मिल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी र नगद १८ हजार रूपैयाँसहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१२ बस्ने १९ वर्षीय अर्जुन भर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी चितवन, राप्ती नगरपालिका-२ गडौलीबाट अवैध लागूऔषध गाँजा करिब २६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपश्चात सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित एक जना पक्राउ
निसीखोला गाउँपालिका-६ बुढाथोक बस्ने ६० वर्षीय डुलमणि बुढालाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गोठमा भरूवा बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी प्रहरी चौकी निसीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक डुलमणिको भन्ने खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ
सुन जस्तो देखिने लिक्विड (अर्ध ठोस) पदार्थ करिब २ केजी ७ सय २० ग्रामसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया Arbicon Aronce Manalang लाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वार काठमाडौं आएकी उनले उक्त परिमाणको पदार्थ भन्सार छलि लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशलामा राखिएको छ ।

 

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका-२७ ज्याठा चोकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित भारत मोतीहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रूपेश गुप्तालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.९१ प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र रहेको ब्यागमा उक्त नगद फेला पारी स्कुटर चालक गुप्तालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
झापा, कन्काई नगरपालिका-४ कन्काई पुलस्थित सडकमा प्र.१-०२-००१ क ४६४४ नम्बरको मिनी ट्रकले प्र.१-०१-०१३प ८९७२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पाँचथर फालेलुङ गाउँपालिका-५ बस्ने ५९ वर्षीय प्रेम बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका-५ तिर्थपोलेमा लेखपोखराबाट शारदा नगरपालिका-१२ कागखोलातर्फ जाँदै गरेको लु.१ ज १८६१ नम्बरको सफारी जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार शारदा नगरपालिका-१२ तिमिले बस्ने ७६ वर्षीया धुर्बि बोहरा र सोही नगरपालिका-१५ बरला बस्ने ४५ वर्षीया मुना सेजवालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका १७ जनामध्ये जिपका चालकसमेत ४ जनालाई जिल्ला अस्पाताल, ४ जनालाई शारदा नगरपालिका-१ श्रीनगरस्थित परोपकार अस्पताल, ६ जनालाई कर्णाली हस्पिटल र ३ जनालाई कान्तिपुर अस्पतालमा उपचारको लागि पठाइएकोमा १ जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ र २ जनालाई नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-३ भैरवस्थानमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने रोजना पुरीको छोरा ६ वर्षीय टेक दर्शन पुरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली केयर अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-११ आईटीपार्क नजिक पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०२-००७-प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कैलाश थापाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शीर मेमोरियल अस्पताल हुँदै अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

डुबेर मृत्यु
लमजुङ, मध्यनेपाल नगरपालिका-६ रानिपानी डेरा गरी बस्ने सुन्दरबजार नगरपालिका-११ घर भएका अन्तिम परियारको छोरा १८ महिनाको सौरभ परियारको घर नजिकै रहेको नहरमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मध्यनेपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, इनरूवा नगरपालिका-९ खान टोल बस्ने तमजित खानको छोरा २ वर्ष ६ महिनाको अबित खानको घर नजिक नालामा खेल्ने क्रममा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।

बर्दिया, गुलरिया नगरपालिका-२ स्थित कृष्णसार संरक्षण क्षेत्र अन्तर्गत पर्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका जैनपुर बस्ने १८ वर्षीय शिबलाल लोधको शनिबार दिउँसो मृत्यु भएको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

करेन्ट लागेर मृत्यु
नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-२ गाँडाखोला बस्ने २३ वर्षीया भुमिसरा आलेको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु हो ।

चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोक डेरा गरी बस्ने सर्लाही मलंगवा नगरपालिका-१२ घर भएका २३ वर्षीय रामु यादवको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

मृत अवस्थामा फेला
बागलुङ, जैमुनी नगरपालिका-१० किटेनी बस्ने ६१ वर्षीया डिलमाया छन्त्याल घर नजिक आफ्नै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ५० वर्षीय गणेश बहादुर भुजेल सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० चोभार गेट नजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित माधव घिमिरेको होलिगार्डेन स्कुल परिसरभित्र रहेको एकतले युपिभिसी ट्रस्टमा गएराति आगलागी हुँदा ट्रस्टभित्रको स्टोर रूममा रहेका विभिन्न खेलकुदका सामानहरू जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, बेलका नगरपालिका-४ गुरूङ चौरी बस्ने किरण आधिकारीको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काभ्रे, पनौती नगरपालिका-४ ज्यालापाटी बस्ने रामजी हुमागाईको घरमा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *