एमाले कर्णाली अधिवेशन : शाही र सिंहले फिर्ता लिए अध्यक्षको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी हुनुअघि उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार शाहीले प्रेस नोट जारी गर्दै आफू अध्यक्ष बन्ने दौडबाट पछि हटेको जानकारी गराए भने सिंहले निर्वाचन कमिटीलाई जानकारी गराएर उम्मेदवारी फिर्ता लिएको हुन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिँदै उनीहरूले पार्टी नेतृत्वले सकेसम्म सर्वसम्मतको प्रयास गर्न आग्रह गरेको र आफ्नो नाममा सर्वसम्मति जुट्न नसकेकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

शाहीले जारी गरेको नोटमा भनिएको छ- ‘पार्टी स्थायी कमिटीका सदस्यहरू र केन्द्रीय कमिटीका सदस्यहरूको मोर्चा बन्दी, श्रद्धेय अध्यक्ष र महासचिवको निर्देशनको हवालासहितका कारणहरूले सर्वसम्मतिको अवस्था नरहेको, केन्द्रीय नेतृत्वको चाहाना विपरित निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरूलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगे ।’

शाही र सिंहले उम्मेदवारी फिर्ता लिएपछि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र राजबहादुर शाही उम्मेदवार छन् ।

त्यस्तै, उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।

उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।

साथै, खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विक, रमेशकुमार शाहीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *