प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो शोरुम उद्घाटन

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा। लि। ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ ।

यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीले बताएको छ ।

नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै सम्मानित ग्राहकहरूलाई सेवा अझ बढाएको छ । यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको भएको कम्पनीले बताएको छ ।

नयाँ शोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने ‘दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रस्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौँ ।’

यस नयाँ शोरुम मार्फत आफ्नो पहुँच विस्तार गर्दै प्यारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिगपन कायम गरेको छ । यस स्थापनाले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको छ ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *