एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगन्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो ।

हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौपानेको दाबी छ । तर सहजरुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन् ।

हमालले भने ‘निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवत्रुपमा प्रस्ताव पेस गर्न आग्रह गर्नुभएको छ । ’ उनले आफूले तीनवर्षे कार्यकालका लागि सपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =