भारत हुँदै कोरिया जान्छु भन्ने दुई किशोरीको उद्धार

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट दुई किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको उद्धार गरेको हो ।

बेलौरी-१ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ । प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए । कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवै जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =