एसियाली खेलकुद: नेपाल र बंगलादेश बराबरीमा रोकिए
२०८० असोज ११ गते

काठमाडौं । रेखा पौडेलले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले नेपालले बंगलादेशलाई १९ औं एसियाली खेलकुदको महिला फुटबल खेलमा बिहीबार १–१ को बराबरीमा रोकेको छ ।
दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेल हो । बंगलादेशले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।
विनचाउमा भएको खेलमा बंगलादेशले सबिनाको गोलले ४४ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटमा रेखाले नेपालका लागि गोल गरिन् ।
दुवै टिम प्रतियोगितामा जितहीन रहे । दुवै टिम जापान र भियतनामविरुद्धको खेलमा पराजित भइसकेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएयता जापानविरुद्धको खेल ८–० ले गुमाएको थियो ।
२०८० असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








