कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८० असोज ११ गते

कैलाली । जोशीपुर गाउँपालिका–५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित अन्य १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १३ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








