जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपतिसहित भिभिआइपीहरू (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै भिभिआइपीहरू इन्द्रजात्राको अवसरमा जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् ।

ईन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।

जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ ।

यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हो ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =