कैलाश पर्वतमा प्रधानमन्त्री दाहाल (तस्बिरहरू)
२०८० असोज ११ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धार्मिक स्थल मानसरोवर र कैलाश पर्वतको अवलोकन गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो ।
प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरे ।
प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।



२०८० असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








