गौहत्याको विरोध गर्दै काठमाडौँमा प्रदर्शन (फोटो/भिडिओ)

वैदिक सनातन धार्मिक महासंघले गौहत्याको विरोध गर्दै काठमाडौँको माइतीघरमा विरोधमा प्रदर्शन गरेको छ ।

शनिवार काठमाडौँको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा प्रदर्शन गरिएको हो ।

विरोधमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरूले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।

नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको सहभागीहरूले बताएका छन् ।

राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरूले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *