कोशीबाट सत्तामा फर्कियो एमाले, हिक्मत कार्की मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले  मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

उनले आजै मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्च अदालतको पत्र बिहीबार दिउँसो मात्रै विराटनगर पुगेकाले शपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थियो ।

त्यसपछि अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *