कांग्रेस सांसदलाई प्रहरीको दुर्व्यवहार, कार्यकर्ताद्वारा यातायात बन्द

काठमाडौं । कोशी प्रदेशका सांसद खगेनसिंह हाङगाम र प्रहरीबीचको विवाद चर्कीएको छ । प्रहरी र प्रदेश सांसद हाङगामको समूहबीच भएको विवादका कारण शुक्रबार बिहानैदेखि ताप्लेजुङमा यातायातका साधन चलेका छैनन् ।

सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताले यातायात बन्द गराएका छन् । आकस्मिक बन्दले जिल्लाबाहिर जाने तयारीमा रहेका र जिल्ला भित्रनेहरू समस्यामा परेका छन् ।

बिहीबार बेलुका प्रहरी र सांसदको समूहबीच विवाद भएको थियो । ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि सांसद हाङगामले किन कुटपिट भयो भनेर बुझ्ने क्रममा प्रहरी र सांसद हाङगामबीच विवाद भएको हाङगामको सचिवालय सदस्य विश्वराज नाल्वोले दाबी गरे । सुकेटारबाट फर्किएका लामा र प्रहरीबीच मिनी मेलाको छेउमा विवाद भएको उनले बताए ।

प्रहरीले भने सांसदको समूहले प्रहरीको हतियार खोस्न खोजेपछि विवाद भएको जनाएको छ । प्रहरीलाई हातपात गर्ने, लखेट्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *