राप्रपा एकतावद्ध छ, कुनै विवाद छैनः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन् ।

बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताउनुभएको हो । उहाँले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए ।

उनले भने– ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’

उनले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गरे । आक्रमणकारी अपराधी भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *