टोयोटा विजय उत्सव २०८० आजबाट सुरु, यस्ता छन् ग्राहक लक्षित योजना

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आज भाद्र २१ देखि भाद्र ३० गते सम्मका लागि आनन्दनगर स्थित आफ्नो टोयोटा शोरुममा “टोयोटा विजय उत्सव” आयोजना गरेको छ ।

बडा दसैँ २०८० लाई विशेष लक्षित गरी आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स८, विभिन्न उपहारहरू समेत पाउनेछन् ।

ग्राहकले यस टोयोटा विजय उत्सवमा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै लक्की ड्र मार्फत उपहारहरू जित्न सक्ने समेत कम्पनीले जनाएको छ ।

दसैँ नजिकिँदै गर्दा कम्पनी सँग पर्याप्त स्टक रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत कम्पनीले गरेको छ ।

साथै, कम्पनीले यस विजय उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति नबिल बैंक र एवेरेस्ट बैंक लिमिटेड सँग बैंकिंग फाइनान्सको पनि व्यवस्था गरिएको छ

यस वर्ष टोयोटाको उपस्थिति नाडामा नरहने कम्पनीले बताउँदै टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर समेत यसै उत्सव मार्फत ल्याएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *