भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाट्य आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मञ्चन हुने भएको छ ।

दैलो प्रोडक्सनको प्रस्तुति र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मञ्चन हुने भएको हो ।

कलाकारहरूमा श्रवण राना मगर, विकास जोशी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझीलगायतले अभिनय गरेका छन् । प्रत्यक्ष सङ्गीत नरेश गजुरेल र अर्पन महर्जनको रहेको । सेट निर्माण हुम बि।सी र सेट डिजाईनिङ प्रविण खतिवडाको रहेको छ ।

हास्यव्यङ्ग्य बादशाह मानिने स्व। भैरव अर्यालले लेखेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रह भित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए ।

मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा आधारित लोक विश्वासमा आधरती नाटक रहेको छ । ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झन्झट झमेलाको सामना गर्छ यी नै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बुले भने ।

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरूबाट सानातिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिए सम्म कुनै काम बन्दैन, कर्मचारीहरूको हप्काइ खानुपर्छ । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतक पावले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले उजागर गर्छ ।

नाटक नेपाली भाषामा तयार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *