मधेस प्रदेश सरकारले ‘जनक दरबार’ बनाउँदै

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरू र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।

बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ बिघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् । उनले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए ।

उनले सरकारका सबै मन्त्रालयहरूको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताए । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपुर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गरे । उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडी बढाउने स्पष्ट पारे ।

उनले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामकरण गरिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *