सुन तस्करी प्रकरणमा कृष्ण महराका छोरा राहुलसहित थप ३ पक्राउ

काठमाडौँ । सुन सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुलसहित थप ३ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो ।

महराका छोरा राहुल भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका हुन् । त्यस्तै पौडेल र बस्नेत भने ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ सुरु भएपछि बस्नेत भारत पुगेर लुकेका थिए । तर, उनलाई प्रहरीले भारतबाटै पक्राउ गरी ल्याएको हो ।

त्यस्तै पक्राउ पर्ने पौडेल भन्सारका कर्मचारी हुन् । उनी काठमाडौँबाटै पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म २५ पुगिसकेको छ । ती मध्ये ७ जना चिनियाँ नागरिक रहेका छन् ।

सुन तस्करी प्रकरणमा अहिले सीआईबीले नै छानविन गरिहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *