एबीयु रोबोकन प्रतियोगिता सम्पन्न : नेपाल पनि सहभागी

काठमाडौँ । एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एसिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आइतबार कम्बोडियामा सम्पन्न भएको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा १० भन्दा बढी देशका १४ विश्वविद्यालयका टोलीहरूले सहभागिता जनाएका हुन् । देशको राजधानी नोम पेन्हेस्थ्ति मोरोडोक टेको राष्ट्रिय रंगशालामा आयोजित उक्त कार्यक्रममा कम्बोडिया, चीन, इजिप्ट, भारत, इण्डोनेसिया, जापान, मलेसिया, मंगोलिया, नेपाल, श्रीलंका, थाइल्याण्ड र भियतनामका विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्बोडियन सूचनामन्त्री नेथ फेक्त्राले यस अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वविद्यालयका विद्यार्थीहरूलाई आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्ने, अनुभव साट्ने र  सांस्कृतिक विविधता देखाउने अवसर प्रदान गरेको बताए । कम्बोडियाले आयोजना गरेको यो पहिलो कार्यक्रम भएको उल्लेख गर्दै प्रतियोगिताले देशको रोबोट प्रगतिलाई विश्वसामु देखाउने बताए । जसमा जापान एबीयु रोकोकन २०२३ को ग्राण्ड प्रिक्सको विजेता भएको छ भने त्यसपछि क्रमशः दोस्रो स्थानमा हङकङ छ भने चीन र भियतनाम तेस्रो स्थानमा छन् ।

यो कार्यक्रम २०२४ मा भियतनाममा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =