ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार होः मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छन् ।

आईतवार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् । उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताए ।

उनले मुलुकमा शुन्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गरे । उनले सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको बताए ।

उनले सरकारले आयोजनाको ठेक्का लगाए पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने कुरालाई ध्यान दिन नसकिएको बताए । उनले सरकारले आयोजनालाई ठेक्का लगाउने मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्ने नीति लिएको दाबी गरे ।

उनले मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गरे । उनले शहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताए ।

उनले भने–सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन सक्दैन । शहरी विकास मन्त्रालयले शहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको छ । व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि सडक कालोपत्रे सभाहल निर्माण गरिरहेको छ । सामाजिक पूर्वाधारहरु स्वास्थ्य चौकी,हरियालीपार्क निर्माण गरिरहेको छ । विगतमा जस्तै एकीकृत बस्ती विकास र जनता आवास सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाएका छौं । नयाँ शहर र स्मार्ट सिटिका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा शहरहरुलाई र भारतसँग सीमा जोडिएका १७ वटा शहरहरुलाई व्यवस्थित गरेर बसाईसराईलाई नियन्त्रण गरी व्यवस्थित शहर बनाउने योजना छ । सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि अहिले पनि कार्यान्व्यन गर्न सकेका छैनौं । सरकारले आयोजनाको ठेक्का लगाए पनि अहिले निर्माण सम्पन्न गर्ने भनेर तोकेको समयलाई ध्यान दिन सकेका छैनौं । आयोजनालाई ठेक्का लगाउने मात्रै होइन निस्कर्षमा पुग्नुपर्छ भन्ने निस्कर्षका साथ काम गरेका छौं । समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने गरेको छ । समय खेर जानु भनेको सुशासनको निम्ति भ्रष्टाचार हो । शुन्य सहनशिलता र सुशासन राख्ने हो भने समय पनि महत्वपूर्ण छ ।’

मन्त्री गुरुङले व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि एकीकृत बस्ती विकास,जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताए ।

उनले नयाँ शहर र स्मार्ट सिटीका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा र भारतसँग सीमा जोडिएका १७ वटा सहरहरुलाई व्यवस्थित गरेर बसार्इंसराईलाई नियन्त्रण गरी व्यवस्थित सहर बनाउने योजना सरकारको रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *