प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आलिशान निवास(फोटो फिचर)

काठमाडौं । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवासगृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् ।

आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् । सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौं आउँदा यिनै भवनमा बस्नेछन् । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखले आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्ट भाडामा लिएको छ ।

तस्बिरहरू :

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *