सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
२०८० भदौ १० गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो । यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने/नखेल्ने यकिन हुनेछ ।
एसिया कपमा नेपालले आफ्नो पहिलो खेल बुधवार पाकिस्तानसँग खेल्दैछ ।
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








