हवाई डढेलोका कारण माउईमा पर्यटक सून्य
२०८० भदौ १० गते

काठमाडौँ । अमेरिकाको माउईस्थित हवाई टापुमा लागेको डढेलोले पर्यटन उद्योगमा असर परेको छ ।
डढेलोका कारण पर्यटकहरूमा गिरावट आएको हो । अगस्ट ८ मा सुरु भएको डढेलो एक शताब्दी यताकै ठूलो प्राकृतिक प्रकोप हो । यसबाट कम्तीमा ११५ जनाको मृत्यु भएको बताइएको छ । डढेलोले माउईको लोकप्रिय पर्यटकीय स्थल र कुनै समय हवाई राज्यको राजधानी रहेको ऐतिहासिक सहर लाहाइनाको धेरै भाग जलेको थियो ।
हवाईका अधिकारीहरूले पर्यटकहरूलाई प्रकोपका कारण माउइको यात्रा नगर्न आग्रह गरेका छन् । डढेलो लाग्नु भन्दा पहिला दैनिक ६ देखि ७ हजार ५ सय मानिस उक्त टापुमा जाने गरेपनि अहिले पर्यटकहरूको भ्रमण कम हुँदै गएको छ ।
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








