शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ
सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ७० मिलिग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने २८ वर्षीय युवराज अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोबाट समेत खटिएको संयुक्त टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका-६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले मे.६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
भुमिकास्थान नगरपालिका-७ पानडाँडास्थित सुईडाँडा खोल्सामा बेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक ३ थान, बारुद, १ सय ३ पिस सिसा र १५ पिस केप शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी खिल्जी र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
चितवन, भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ग.१६ प ६९६८ नम्बरको मोटरसाइकल र बा-प्र-०१-००४ क ०५७३ नम्बरको ट्याङ्कर एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पर्वत घर भएका ५८ वर्षीय हर्क बहादुर सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी चितवन, भरतपुर महानगरपालिका-१० नहर चोकस्थित सडकमा ना.४४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही महानगरपालिका-११ पारिजात टोल बस्ने ९१ वर्षीय वेद प्रसाद सापकोटाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, शुद्धोदन गाउँपालिका-६ बेलहियास्थित सडकमा मानपकडीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१९ प ९४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने २५ वर्षीय श्याम सुन्दर लोधको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटहा बस्ने ५४ वर्षीय शङ्कर सापकोटाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । टेबुल पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपगलगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, पकाहा मैनपुर गाउँपालिका-१ धोरे बस्ने ईसा मियाकी छोरी ६ वर्षीया सहिदा खातुनको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घर नजिक खेल्दै गरेको अवस्थामा विद्युको पोलमा छुन गई करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँ पाटी डेरा गरी बस्ने ओखलढुङगा मोलुङ गाउँपालिका-७ घर भएका ४८ वर्षीय गेल्बु शेर्पा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-६ पिपल चौतारा डेरा गरी बस्ने वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ६० वर्षीया विष्णु कुमारी विक आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-४ डाँडा टोल बस्ने ५४ वर्षीया पुनिकला थापा मगर सोही ठाउँस्थित ढुङ्गा खसे भन्ने स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । गत भदौ ३ गते घरबाट माइतीघर सल्यान कपुरकोट गाउँपालिका-२ सिमलकुना जान्छु भनी हिँडेकी उनी सम्पर्क विहीन भएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
काभ्रे, पनौती नगरपालिका-५ लप्सिबोट बस्ने ३८ वर्षीय रूपक कार्की सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गत भदौ ७ गते घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बागलुङ, काठेखोला गाउँपालिका-८ लेखानी बस्ने ५७ वर्षीया पार्वती दमै सोही ठाउँस्थित खाली घरको पिँढीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
रुपन्देही, सैनामैना नगरपालिका-१० भच्कई बस्ने ४१ वर्षीय धन बहादुर पुन साहनी मगर आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६ रागेचुरी बस्ने २८ वर्षीय राज कुमार गोले सोही ठाउँस्थित क्यान खोला र खड्कुले खोलाको दोभानमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, गढीमाई नगरपालिका-१ स्थित बागमती खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खोलाले बगाई मृत्यु
भानु नगरपालिका-११ मानेचौकास्थित पाउदी खोलाले बगाई लम्जुङ सुन्दरबजार नगरपालिका-६ अरेलुचौर बस्ने रामशरण परियारको छोरा १० वर्षीय समर्पण परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा समर्पणको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रूपाकोट र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *