आत्मसमर्पण गरेको २० मिनेटपछि धरौटीमा रिहा भए ट्रम्प
२०८० भदौ ८ गते

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीबार आत्मसमर्पण गरेका छन् ।
आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उनले बिहीबार साँझ आत्मसमर्पण गरेका छन् । उनी आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा छुटेका हुन् । उनलाई पटेका नि अन्य राज्यद्रोहको अभियोग लगाइएकाहरूलाई झैँ ट्रम्पको फिंगरप्रिन्ट फोटो लिइएको थियो ।
घर फर्किने क्रममा उनले आफूले केही पनि गल्ती नगरेको बताए । उनले २०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाए । ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोपमा अभियोग लगाइएको थियो ।
२०८० भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित










