पाकिस्तानमा भ्यान र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, ८ घाइते

एजेन्सी । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरित दिशाबाट आउँदै गरेको एक ट्रक र भ्यान सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घटना लगत्तै घटनास्थलमा उद्धारकर्मी पुगेर घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि पु¥याएका थिए ।

केही गम्भीर घाइतेहरुलाई अर्को अस्पतालमा सारिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =