भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

काठमाडौँ । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ ।

सोमबार काठमडौँमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो । सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने अध्यक्ष रिता थापा मगरले बताइन् ।

उनले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गर्नुभएको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने बताइन् । कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लागेका दर्शक, एवं श्रोताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *