हर्क साम्पाङका समर्थक रमेश बान्तवा राईलाई साइबर ब्युरोले समात्यो

काठमाडौँ । फेसबुकलगायतका सामाजिक सञ्जालमा अश्लील गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन् । प्रहरीले आइतबार राती  धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो ।

बान्तवाले धरान-७ का पर्वत राई र व्यवसायी रमेश थापाविरुद्ध अश्लील शब्द प्रयोग गरी गाली बेइज्जत गरेकाले साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्रअनुसार राईलाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरे ।

धरानको  छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि राईले संघर्ष समितिका सदस्य पर्वत राई र व्यवसायी थापालाई अश्लील गाली गरेपछि दुवै जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पक्राउ परेका राईविरुद्ध साइबर अपराधअन्तर्गत जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । उनी मेयर हर्क साम्पाङका समर्थक हुन् ।

मेयर साम्पाङले नागरिकलाई अनावश्यक दुःख नदिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । रमेश बान्तवा राई पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रमेश राई लाई तत्काल रिहा गरी जनताको पक्षमा उभिन प्रहरी प्रशासनलाई मेरो सुझाव ! माफियाहरूको झाँसामा प्रहरी आउनु हुन्न ! अनाहकमा नागरिकलाई राज्यले दुःख दिनु हुन्न !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *