गुडिरहेको कारमाथि पहिरो खस्दा पाँच जनाको मृत्यु

नयाँदिल्ली । भारतको रुद्रप्रयाग गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको छ । गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र पाँच जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्‍यो, जसभित्र पाँच जनाको शव भेटियो । मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन् ।’

राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँ नजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =