विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आवास खोजिदिने युनिएक्को नेपालमा प्रवेश गर्दै

काठमाडौँ । नेपाली बजारमा विदेश गएर अध्ययन गर्ने विद्यार्थीहरूलाई आवास खोजिदिने संस्था युनिएक्कोकोे प्रवेश भएको छ ।

यस संस्थाले केहि समयदेखि अगाडि देखि प्रमुख शैक्षिक गन्तव्यहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आवास सेवा प्रदान गर्दै आएको छ।

विश्वभरका प्रमुख शैक्षिक गन्तव्यहरूमा नेपाली विद्यार्थीहरूको लागि उपयुक्त आवास विकल्पहरू फेला पार्न सहयोग गरिने हुँदा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको समस्या अब सजिलै समाधान हुने युनिएक्कोका नेपाल निर्देशक फिलिप डिसी बताउँछन्। अब नेपालका विद्यार्थीहरूलाई सुविधा दिनका लागि यो संस्था नेपालको बजारमा प्रवेश गर्न लागेको उनको भनाइ छ ।

युनिएक्को र यसका सुविधाहरू बारे जानकारी दिन आज बेलुका एक सेमिनार पनि आयोजना गरिएको छ। सम्बन्धित सबैलाई जुम मार्फत वेबिनारमा जोडिएर उचित लाभ लिन आयोजकले आग्रह गरेको छ। जालपा बारिया र प्रवेश जिसीले वेबिनारमा युनिएक्कोका विषयमा जानकारी दिनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =