प्रभु बैंकद्वारा जीडब्लूएमको ईभी गाडी ओरा-३ मा ८० प्रतिशतसम्म कर्जा सुविधा

काठमाडौँ । नेपालमा जीडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी ईम्पेक्स प्रालिले प्रभु बैंक लिमिटेडसँग जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा–३ ईभीको लागि वित्तीय सम्झौता गरेको छ।

उक्त सम्झौतामा भीजी ईम्पेक्स जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनुप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ ।

अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो, तर विशेष अवस्थामा, यो ७ वर्षसम्म बढाउन सकिन्छ। थप रूपमा, ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *