सेगवेका ईलेक्ट्रिक स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध

काठमाडौँ । सेगवेका ईलेक्ट्रिक स्कुटर अब शुन्य प्रतिशत ब्याजदरमा ऋण सुविधासहित उपलब्ध भएका छन् । १८ महिनाको सरल किस्ताबन्दीमा शून्यप्रतिशत ब्याजमा ५ लाखसम्मका इलेक्टिक स्कुटर उपलब्ध रहेको आईहब प्रालि, टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेताले जनाएको छ ।

दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको शून्य प्रतिशत फाइनान्सिङ सेवाले नेपालभरका व्यक्तिहरूलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ । यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू ई १००, ई१००, ई ११०एल, र ई १२५ मा उपलब्ध रहेको जनाएको छ ।

सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्ना ग्राहकका लागि शून्य प्रतिशत फाइनान्सिङ सेवा सुविधालाई वास्तविकता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *