बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो भने तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =