आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =