राष्ट्रिय स्कुल–कलेज चेस प्रतियोगिता सुरु,प्रथम पुरस्कार ५० हजार

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको राष्ट्रिय स्कुल–कलेज चेस प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
५० बढी टोलीको सहभागिता रहेकोे प्रतियोगितालाई अनेरास्ववियुका अध्यक्ष समिक बडालले उद्घाटन गरे ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार ट्रफी, पदक र प्रमाणपत्र, दोस्रो हुनेले ३० हजार ट्रफी, पदक र प्रमाणपत्र र तेस्रो हुनेले २० हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
अनेरास्ववियु केन्द्रीय खेलकुद विभाग प्रमुख अमित महरले विद्यार्थीको बौद्धिकता विकास गर्ने उदेश्यले चेस प्रतियोगिता आयोजना गरेको बताए ।
यसतै संगठनका अध्यक्ष समिक बडालले अनेरास्ववियु सधैं विद्यार्थीको पक्षमा रहेको धारणा राखेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष लोकेश खड्काले विद्यार्थीको खेलकुद क्षेत्रमा देखिएको रुचिलाई मध्यनजर गर्दै दशैं अघि दुई लाख पुरस्कार धनराशीको फुटसल गर्ने घोषणा गरे ।
अनेरास्ववियु आरआरले केही दिन अघि ठूलो धनराशी पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।








