टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसको मूल्य समायोजन गरेको छ । हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटसर््को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन् पार्ट्सको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गले सिप्रदीका वर्कशपमा अनुभवी तथा दक्ष प्रविधिकबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नुहुनेछ । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दै आइरहेको छ ।

अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *