सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
२०८० साउन ८ गते

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
काठमाडौँमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन तीनदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका हुन्।
यसअघि उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर ख्डका, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका िथए।
२०८० साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








