‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै, विजेताले एक लाख पाउने

काठमाडौँ । विगत दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । सोमबार कलेजको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरिएको हो । २० वर्षमुनिको उमेर समूहलाई लक्षित गरी यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नु पर्ने जनाइएको छ ।

विज्ञप्तिअनुसार, प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहे ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन् । यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भए ५० प्रतिशत छात्रवृत्ति दिइने छ ।

‘फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो ।’ अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतिस्पर्धाबारे बताए ।

फिल्म अत्यन्तै सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित फिल्म निर्माण प्रतिष्पर्धा आयोजना गर्न पहल गरिएको उनको भनाइ छ । युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने भएकोले कलेजले यो प्रतिस्पर्धा गर्न पहल गरेको उनको बताए ।

अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको यस प्रतिस्पर्धालाई आगामी वर्ष निरन्तरता दिइने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *