शिल्पीमा नगरकोटीको ‘ट्रान्जिट’ (तस्बिरहरू)

काठमाडौँ । बत्तिसपुतलीमा रहेको शिल्पी कला समूहको गोठाले नाटक घरमा यही साउन ५ गतेदेखि नाटककार कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ ।

टाइम ट्राभलको काल्पनिक कथामा आधारित नाटकमा भूत र भविष्यकालको समय यात्रा गर्ने यात्रुहरू बिच घटेको घटनाको दृश्य देखाउन खोजिएको छ ।

एकजना विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा भूतकालको टाइम ट्राभल्स गर्दै पुगेकी मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् ? समय यात्राको यो ट्रान्जिटमा उनले कति समय बिताउनेछिन् ? के उनी भूतकालमा खुसी छिन् ? उनलाई यो भूत र भविष्य बिचको ट्रान्जिटबाट कसले स्वतन्त्र गर्नेछ ? नाटक ट्रान्जिटले दर्शकहरूलाई यस्तै प्रश्नहरूको जंजालमा बेरेको छ ।

गोठालो नाटकघरमा मञ्चन भएको नगरकोटीको यो तेस्रो नाटक  हो । नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन् । दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमिल्सिना, मिल्सन राई आदि कलाकारहरूको अभिनय रहेको नाटकमा देव न्यौपाने, अनुप तिमिल्सिना र सामरिक पौडेलको संगीत संयोजन रहेको छ भने प्रवीन खतिवडा र झकेन्द्र विसीले प्रकाश संयोजन गरेका छन् ।

नाटक ट्रान्जिट आगामी भदौ २ गते सम्म मंगलबार बाहेक हरेक दिन  साँझ ५:३० बजे मञ्चन हुने छ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *