युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा…

काठमाडौँ । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर-१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो ।

बेलुका पाँच बजेतिर विनपा-१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका-१० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *