सर्वोच्चको आदेशपछि ककनीले फोहोरका गाडीबाट प्रवेश शुल्क नलिने
२०८० साउन २ गते

फाइल फोटो
सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ।
अबदेखि ककनीले काठमाडौंबाट बञ्चरेडाँडा जाने फोहोरका टिपरसँग प्रवेश शुल्क नउठाउने भएको हो।
अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने पालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फोहोरमैला व्यवस्थापन संघका तर्फबाट धनप्रसाद आचार्यले दर्ता गरेको रिटमा सोमबार न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले शुल्क नलिन अन्तरिम आदेश दिएको थियो।

२०८० साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








