कप्तान रोहित ६५ रन बनाएर आउट
२०८० साउन १ गते

काठमाडौं ।नेपालका कप्तान रोहित पौडेल एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गर्दै आउट भएका छन् । पौडेल आउट भएपछि नेपाल थप दबाबमा परेको छ ।
उनले छेटौँ विकेटका लागि सोमपाल कामीसँग ५३ र सातौँ विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए ।
रोहित ८५ बलमा ७ चौकासहित ६५ रनमा धु्रुब जुरेलबाट क्याच आउट भए । उनी स्पिनर निशान्त सिन्धुका बलमा कट विहाइन्ड हुन पुगेका थिए ।
२०८० साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








