फोहोर विसर्जनमा अवरोध

स्थानीयले रोके सिस्डोल र बन्चरेडाँडा गएका टिपर

काठमाडौँ । सिस्डोल र बन्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर फ्याँक्न रोकिएको छ । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौँबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका हुन् ।

सरकार र काठमाडौँ महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले बिहानैदेखि फोहोर विसर्जनमा अवरोध गरेका छन् । बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई रोक स्थानीयले रोकेका हुन् । स्थानीयहरूले आफ्ना माग पूरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।

स्थानीयले सहमतिका नाममा आफूहरूलाई पटक-पटक झुक्क्याइएको आरोप लगाएका छन् । आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको धुनिबेँसीका मेयर बालकृष्ण आचार्यको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =