शिल्पीमा ‘सावित्रीको बाख्रो’ (तस्बिरहरू)

काठमाडौँ । क्षण(क्षणमा प्रेम परिवर्तनशील छ ? हरेक प्राणीमा स्वभाव समय र परिस्थितिले प्रेम परिवर्तन गर्न सक्छ ? तथाकथित पदअनुसार प्रेमको दृष्टिकोण फरक हुन सक्छ कि सक्दैन ? कसैमाथि अधिकार जमाउने कच्चापदार्थ प्रेम हो कि होइन ?

यस्तै अनुत्तरित प्रश्नहरूको जवाफ खोज्ने भवानी भिक्षुको कथा ‘सावित्रीको बाख्रो’ लाई नाट्य रूपान्तरण गरी बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरले आफ्नो गोठालो नाटक घरमा मञ्चन गरेको छ । वास्तवमा प्रेमको परिभाषा के हो ? भवानी भिक्षुको कथामा आधारित ‘सावित्रीको बाख्रो’ नाटकले यस्तै प्रश्नहरूको उत्तर खोजिरहेको देखिन्छ ।

शिल्पी थिएटरको एक वर्ष डिप्लोमा कोर्सका विद्यार्थीहरूले तयार पारेको नाटक ‘सावित्रीको बाख्रो’ असार ३० गते शनिबार शिल्पी थिएटरमा एकदिन, एक शो मञ्चन भएको छ । संगीता उराऊको शीर्ष भूमिका भएको नाटकको नाट्य रूपान्तरण तथा निर्देशन हिमाल भुजेलले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *